२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु


2.119k
Shares

काठमाडौं । जनकपुरमा लक्ष्मीपूजाका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीया अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

गम्भीर घाइते भएका मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।