२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा मोटरसाइकल ग्यारेजमा आगलागी, ३२ वटा माेटरसाइकल जलेर नष्ट


3.185k
Shares

चितवनको रत्ननगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।

रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको हाे ।

आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढी पुराना मोटरसाइकल जलेर क्षति भएको प्रहरीले जनाएकाे छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।