१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयनताराले बिहेपछिको पहिलो दीपावली जुम्ल्याहा सन्तानको साथमा


2.301k
Shares

एजेन्सी । दीपावलीको अवसरमा दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका श्रीमान चलचित्र निर्देशक विग्नेश शिवनका लागि निकै विशेष बनेको छ ।

नयनताराले बिहेपछि आफ्नो श्रीमानसँग र जुम्ल्याहा सन्ताको साथमा पहिलो दीपावली मनाएकी छन् । नयनताराले दीपावलीको यस शुभ अवसरमा आफ्नो जुम्ल्याहा सन्तानमो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले उक्त तस्वीर छोटो समयमा नै सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

गत ९ जुनमा विग्नेशसँग विवाह गरेकी नयनताराले आफ्ना जुम्ल्याहा बच्चाका साथमा विवाहपछिको पहिलो दीपावली मनाइन् । विवाहको ४ महिनापछि उनीहरू जुम्ल्याहा सन्तानको अभिभावक बनेका थिए । दीपावलीको शुभ अवसरमा दम्पतीले बच्चाहरूसँगको तस्वीर सार्वजनिक गरेका छन् जसमा एउटा बच्चा नयनतारा र अर्को बच्चा विग्नेशले काखमा लिएर बसेका छन् ।

विवाहको चार महिनामा नै आमा बनेकी नयनताराले विभिन्न प्रश्नको सामना गर्नुपरेको थियो । गत जुनमा परम्परागत विवाह भए पनि कोर्ट म्यारिज भने ६ वर्षअघि नै गरेको नयनतारने बताउदै आएकी छन् ।

यसैगरि भारतका थुप्रै सेलिब्रिटीले विवाहपछिको पहिलो दीपावली मनाएका छन् ।