
काठमाडौं । अभिनेता एवं चलिचत्र विकास बाेर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री जीया केसीसँगकाे सम्बन्धलाई निर्णायक मोड दिने बताएका छन् । अभिनेता केसीले ७/८ वर्षदेखि अभिनेत्री जीयासँग ‘लिभिङ रिलेसनसिप’मा बसेर सम्बन्ध अगाडि बढाएका हुन् ।
उनले अब जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै जीयाको नाम नै नलिई घुमाउराे शैलीमा छिट्टै विवाह गर्ने बताएका हुन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।
अन्तर्वार्ताकाे क्रममा उनले भने,‘हामी धेरै वर्षदेखि सँगैनै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु। परिवार सकारात्मक हुनुहुन्छ र चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’
यसअघि अभिनेता भुवनकाे दुईवटा विवाह भएर सम्बन्धविच्छेद भइसकेकाे छ । उनको पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको लामाे समय भइसकेको छ । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरे पनि दोस्रोसँग बोलचाल भने छैन ।
प्रतिक्रिया दिनुहोस्