
काठमाडौं । देशभर तिहार पर्व मनाइरहँदा काठमाडौंको मैतिदेवीमा भने पञ्चकुमारीको जात्रा आयोजना गरिन्छ ।
मालिगाँउ र मैतिदेवीका बासिन्दाले संयुक्त रूपमा पञ्चकुमारी माताको जात्रा गर्ने परम्परा छ । पञ्चकुमारीलाई महालक्ष्मी, महाकाली, महासरस्वती र नवदुर्गाको रूपमा पूजा गरिन्छ ।
कुकुर तिहारसँगै जात्रा गर्नुपर्ने देवगणलाई मालीगाँउबाट कालोपुल हुँदै मैतीदेवीसम्म पु¥याइन्छ । जात्रामा बानेश्वर, मैतीदेवी, धोवीखोला, डिल्लीबजार, घट्टेकुलाका बासिन्दाको सहभागिता रहने गरेको छ ।
जात्राका दौरान ज्ञानेश्वरस्थित गणेश, भैरव र पञ्चकुमारीको खटलाई कुकुर तिहारको दिन ज्ञानेश्वरस्थित मन्दिरमा ल्याएर त्यहाँबाट लक्ष्मीपूजाको साँझ मैतिदेवीमा ल्याउनुपर्ने परम्परा रहेको छ । त्यसपश्चात तीनवटै खट जात्रा सुरू हुन्छ ।
भैरवको खटलाई कुकुर तिहारकै दिनमा मैतीदेवीस्थित मसानमा ल्याएर तीन पटक परिक्रमा गराएर मन्दिरभित्र प्रतिस्थापन गराइन्छ । त्यसपपछि पञ्चकुमारीलाई मन्दिरभित्र प्रवेश गराइ लक्ष्मीपूजामा पूजाका लागि राखिन्छ ।
म्हपूजा अर्थात नेपाल सम्वतको नयाँ वर्ष सुरू हुने दिनमा विभिन्न देवगणका खटलाई मैतिदेवी, डिल्लीबजार, पुतली सडक, असन परिक्रमा गराएर पुनः मालीगाँउ पुर्याइन्छ । मालीगाँउका स्थानियहरूले खटजात्रा पछि मात्र म्हपूजा गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्