
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल संवतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल संवतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नुभयो । उहाँले अहिलेका राजनीतिक दल र नेताहरुल राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल संवत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्