८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जनकपुरमा छठसंगै माटोका भाँडाको माग बढ्याे


78
Shares

जनकपुर । जनकपुरमा छठसंगै माटोका भाँडाको माग बढेको छ । छठमा यहाँको उत्पादनसँगै भारतीय बजारबाट समेत छठका लागि विभिन्न सामग्री भित्रने गरेको छ ।

छठसंगै माटोका भाँडाको माग बढेको छ । छठमा यहाँको उत्पादनसँगै भारतीय बजारबाट समेत छठका लागि विभिन्न सामग्री भित्रने गरेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय माटोका भाँडाको कारोबार बढेको हो । जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरका मुख्य चोक र हटियामा अहिले दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कालीगढको व्यस्तता पनि निकै बढ्ने गरेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको व्यापारीहरुको भनाइ छ ।

छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको हो । तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बढी बिक्री हुने गरेको छ ।