२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनकुटामा उखु खेतीबाट लाखाैँ आम्दानी


247
Shares

धनकुटा । साँगुरीगढी गाउँपालिका उखुडाँडामा व्यावसायीक उखु खेती फस्टाउँदै गएको छ । व्यावसायीक उखु खेतीबाट उनीहरुले बार्षिक लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन ।

तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नरहेकाले त्यहाँका किसान उखु खेतीवाट आम्दानी लिन सफल भएका हुन ।

बर्षाैंदेखि उखु खेती गर्दै आइरहेका उखुडाँडाका तीर्थबहादुर लिम्वुले उखु विक्रीबाट एकै सिजनमा कम्तिमा दुई लाख रुपैया आम्दानी भएको बताउनु भयो ।

२१ रोपनी क्षेत्रफलमा लिम्बुले गेमर र पानमारे प्रजातिका उखु लगाउनु भएको छ । अन्य खेतीभन्दा बढि आम्दानी दिने र बजारको सहज पहुँच भएकाले उखु खेती सजिलो भएको उखु किसानको भनाइ छ ।

उखुडाँडाका २५ घर किसान व्यावसायिक उखु खेतीमा संलग्न छन । यस क्षेत्रमा उखुबाट वार्षिक १ करोड रुपैया भित्रिने गरेको छ ।