
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो ।
तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो ।
सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै गएका छन् ।
पछिल्ला वर्षहरुमा युवाहरु निर्वाहमुखी खेतीपातीबाट आम्दानी हुन छाडेपछि विदेशिन थालेसँगै त्यसको प्रभाव यहाँको कृषिमा परेको छ । यस क्षेत्रमा कोदो, मकै, मास, बोडी, मस्याङ, गहतलगायतको खाद्यबाली हुने गरेको छ । यहाँका बाँझिएका खेतीयोग्य जमिनमा रूख बिरुवा हुर्कन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्