१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आक्रमण गर्ने हात्तीको दाह्रा काटियो


2.782k
Shares

काठमाडौं । बाराको अमलेखगञ्जमा देखिएको जंगली हात्तीको दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको हो ।

हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति पुर्‍याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा २ वर्ष अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए ।

हात्तीले दुई दिन अघि निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ५१ वर्षीया रुकैया खातुनलाई आक्रमण गरेको थियो ।

उन्को सिमरा स्थित अल्पाइन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो । हात्तीलाई बेहोस बनाएर दाह्रा काटिएको निकुञ्जले जनाएको छ ।