१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियाका किसानलाई धान भित्र्याउने चटारो


39
Shares

काठमाडौं । बर्दियाका किसानलाई धान भित्र्याउन चटारो परेको छ ।

बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन उनीहरूलाई चटारो परेको हो । तिहार सकिएलगत्तै पाकेको धान भित्र्याउन थालेको राजापुर नगरपालिका–२ का सन्तोष थारूले बताउनुभयो ।

गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन् । फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो ।

गत वर्ष पनि धान काट्ने बेला आएको बढीले ठूलो क्षति पुर्‍याएको थियो । गत वर्ष पनि क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२ का सञ्जय आचार्यले बताउनुभयो । यो वर्ष पनि सहयोग नपाएको किसानहरूको गुनसो छ ।

निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन उनीहरूलाई भ्याईनभ्याई भएको हो । गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा ६ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।