
काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ ।
तिहारको छेको पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बक्सअफिसमा गरेको आक्रामक व्यापारले पहिलो सातामा नै लगानी सुरक्षित गरेको छ । शुक्रबार निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै चलचित्रले पहिलो साता ३ करोड ६३ लाख रुपैयाँ कमाई गरेको उल्लेख गरेको छ ।
चलचित्रले तिहारको बिदाको मौकामा आक्रामक कमाई गरेको हो । दोस्रो साताको पहिलो दिन पनि चलचित्रले देशभर हाउसफुल व्यापार गरेको छ ।
चलचित्रमा काठमाडौंमा घर हुने र नहुने कथा प्रस्तुत गरिएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने कुरालाई चलचित्रमार्फत देखाइएको छ ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन् । साथै चलचित्रमा रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
प्रतिक्रिया दिनुहोस्