
काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम भएको घोषणा गर्नुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेतृ भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा भुसालले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेरको कारण चुनाव लड्न नसक्ने अवस्था आउने बताउनुभयो ।
मन्त्रीसमेत रहनुभएकी भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको भन्दै आगामी निर्वाचनपछि पनि सहकार्यले निरन्तरता पाउने दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्