१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भेरी नदीमा बगेर दुई बेपत्ता


65
Shares

काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् ।

वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् । वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी भेरी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको जनाइएको छ । उनीहरू आफ्रनो समूहसँग भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।

उनीहरूको खोजी कार्यका लागि प्रहरी खटिएको बताइएको छ ।