१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


द्वन्द्वकालका घटनाप्रति लक्षित गर्दै अध्यक्ष दाहालमाथि रवीन्द्र मिश्रकाे आक्रोश


5.681k
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश पोख्नुभएको छ ।

राप्रपाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले माओवादी सशस्त्र द्वन्द्व क्रममा भएका घटनाप्रति लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि आक्रोश पोख्नुभएको हो ।

उहाँले पृथ्वीनारायण शाहको शालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुक भूराजनीतिको भूमरीमा पर्ने उल्लेख गर्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमेशर राणाले ठूला दलले मुलुकलाई दूर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन मतदातालाई आग्रह गर्नुभयो ।

राप्रपाको चुनाव चिन्ह हलो भएको र त्यसले मात्रै मुलुकको भलो गर्ने उहाँको भनाई थियो । कार्यक्रममा पार्टीका अर्का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलले मुलुकमा लुटमात्रै मच्चाएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई आम मतदाताले जिताउनुपर्ने जिकिर गर्नुभयो ।