१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

चेल्सी र लिभरपुल पराजित

143
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् ।

तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ ले हराएको छ । ब्राइटनको जितमा लियान्द्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक एक गोल गर्दा चेल्सीका रुबेन लोफ्टस र चालोबाले दुई आत्माघाति गोल गरे । काइ हाभर्ट्जले चेल्सीका लागि सान्तोना गोल गरेका थिए ।

शनिबार राति भएको अर्को खेलमा लिड्स युनाइटेडले लिभरपुललई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३–२ ले तथा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई ४–० ले हराएका छन् ।

शनिबार रातिका खेलपछि प्रिमियर लिगको तालिकामा १२ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ । आर्सनलल आइतबार नटिङ्घम फरेष्टसँग खेल्नेछ ।