
एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन् ।
उनले भनिन्, ‘भाजपाले चाहेमा चुनाव लड्छु । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् ।’ कंगनाले भारतीय एक मिडिया ग्रुपको कार्यक्रममा सो कुरा बताएकी हुन् ।
कार्यक्रममा उनलाई सोधिएको थियो, ‘सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउनुहुन्छ ?’ यसको जवाफमा कंगनाले भनिन्, ‘मेरो राजनीतिमा कुनै पनि हिसाबले क्लोज एन्डमा छैन । यस्तो अवस्थामा म आफैंलाई मौका दिन सक्छु यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मंडी सिटबाट आगामी लोकसभा चुनाव लड्न सक्छु ।’
यस कार्यक्रममा कंगनाले फिल्ममा मात्र नभई राजनीतिक विषयमा पनि आफ्नो धारणा राखिन् । उनले देशको वर्तमान राजनीतिक अवस्था र भविष्यका बारेमा पनि कुराकानी गरेकी थिइन् ।
कंगना सधैं आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनले करण जोहरमाथि चर्को आरोप लगाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्