२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


गायक प्रकाश सपुतलाई पुत्र लाभ


4.563k
Shares

काठमाडौं । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएकाे छ ।

उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो सन्तानको रुपमा छोरी छिन् । करिब सात वर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।

पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिकमा चम्किरहेका सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका हुन् ।

सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।