
एजेन्सी । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनमाथि मि टु अभियानका क्रममा धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
अहिले यो मुद्दाको सुनुवाइ अमेरिकाको लस एन्जलस अदालतमा चलिरहेको छ । मुद्दाको सुनुवाइको क्रममा एशली एम नामकी महिलाले आफ्नो दुर्व्यवहारको हृदयविदारक घटना सुनाइन् ।
डान्सर एशलीले सन् २००३ मा प्युर्टो रिकोको एउटा होटलमा वाइन्स्टिनले उनको शोषण गरेको बताएकी छन् । यति मात्र होइन, फिल्म निर्माताले उनीसँग बिना कपडाको मसाज पनि मागेको एशलीले बताएकी छिन् ।
अदालतमा बयान दिँदै एशलीले भनिन्, ‘वाइन्स्टिनले मलाई शोषण गर्दा म २२ वर्षकी थिएँ । यो भयानक घटनाले मेरो मनमा गहिरो छाप छोडेको छ ।’
१९ वर्षअघिको घटनालाई सम्झिँदै उनी भन्छिन्, ‘फिल्मको गीतको लागि मैले अन्य नर्तकहरूसँग बलरूम डान्सको भिडियो गरिरहेको थिए । तर, फिल्म निर्माता वाइन्स्टिनले मलाई बाहिर निकाले । उनले हलिउड अभिनेत्री ग्वेनेथ पाल्ट्रोलाई सो भिडियोमा खेलाउन बोलाएको बताए । मैले पाल्ट्रोसँग नग्न मसाज गरेको छु । यदि तिमी पनि त्यस्तै काम गर्छौ भने म तिम्रो करियर बनाइदिन्छु ।’
एशलीले थप भनिन्, ‘वाइन्स्टिन एक पटक सेटबाहिर मलाई पर्खिरहेका थिए । सुटिङ सकिएपछि उनले मलाई आफ्नो कारमा बस्न भने । त्यो बेला म निकै डराएको थिएँ । तर, फिल्म निर्माता सहायकले बुझाएपछि म गाडीमा बसें । उनले मलाई एउटा होटलमा लगे । मैले के गर्ने बुझिनँ। म धेरै डराएको थिएँ। वाइन्स्टिनले मेरो अगाडि फोहोर काम गर्न थाले। यो देखेर म रुन थाले । उनले मलाई बलात्कार नगरेकोमा म आभारी थिएँ। म धेरै डराएको थिएँ र मौका मिल्ने बित्तिकै त्यहाँबाट भागेँ ।’
प्रतिक्रिया दिनुहोस्