
एजेन्सी । रुसले कृष्णसागरस्थित आफ्नो बन्दरगाह हुँदै युक्रेनी खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ ।
युक्रेनले कृष्णसागरमा ब्यापक ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रुसले अन्तर्राष्ट्रिय पहलमा खुलाइएको बन्दरगाहबाट खाद्यान्न निकासी रोक्ने बताएको हो ।
शनिबार युक्रेनले कृष्णसागरस्थित रुसी पानीजहाजहरुमा ड्रोन आक्रमण गरेको र त्यसमा बेलायती सेना पनि संलग्न रहेको आरोप लगाएको छ ।
युक्रेनले भने रुसी आरोप अस्वीकार गरेको छ । बेलायती सेनाको विशेषज्ञ सहयोगमा युक्रेनले गरेको ड्रोन आक्रमण मानवीय कार्यमा सक्रिय रुसी जहाजमाथि लक्षित रहेकोले त्यस क्षेत्रमा सर्वसाधारणको सुरक्षा निश्चित गर्न नसकिने रुसी तर्क रहेको छ ।
अमेरिकाले रुसमाथि खाद्यान्नलाई पनि हतियार बनाउन खोजेको आरोप लगाएको छ । युद्ध सुरु भएपछि लामो समयपछि खाद्यान्न निकासीका लागि राष्ट्रसंघको आग्रहमा टर्कीले पहल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्