
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेद्वार प्रकाशमान सिंहले उम्मेद्वारका विषयमा जनताले उचित मूल्यांकन गर्ने बताउनु भएको छ ।
चुनावी प्रचार अभियानका क्रममा आइतबार मतदातासँगको भेटघाटमा नेता सिंहले निर्वाचन क्षेत्रका उम्मेद्वारका विषयमा जनताले सही मूल्यांकन गर्ने बताउनुभएको हो ।
चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक भएको तर, कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको भएको भन्दै नेता सिंहले सबै उम्मेद्वारको काम र हैसियत जनताले राम्रोसँग बुझेको जिकिर गर्नुभयो ।
कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै नेता सिंहले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न कांग्रेसलाई विजय गराउन आग्रह गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्यांकन जनताले गरिरहेको बताउनुभयो ।
आफ्नो ध्यान संसदमा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत भएको स्पष्ट पार्दै सिंहले काठमाडौं-१ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धेरै काम गरेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्