२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘द लिजेन्ड अफ मौला जट्ट’ सबैभन्दा धेरै पैसा कमाउने पहिलो पाकिस्तानी फिल्म


15.704k
Shares

एजेन्सी । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानी फिल्म उद्योगको इतिहासमा सबैभन्दा ठूलो रेकर्ड बनाएको छ ।

बलिउड एंव पाकिस्तानी अभिनेता फवाद खान अभिनित सय फिल्मले पाकिस्तानको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले हालै विश्वभर बक्स अफिसमा १ सय करोड कलेक्सन गरेको छ ।

फिल्मले पाकिस्तान बाहेक अमेरिका, बेलायत र युएई लगायतका देशमा पनि राम्रो कलेक्सन गरेको छ । बिलाल लाशारीले निर्देशन गरेको उक्त फिल्मलाई पाकिस्तानको सबैभन्दा महँगो फिल्म पनि मानिएको छ ।

पाकिस्तानी फिल्मले भारतीय फिल्मलाई पछि पारेको यो पहिलो पटक हो । यो फिल्मले अमेरिका र बेलायतको बक्स अफिसमा दीपावलीको अवसरमा रिलिज भएका ‘राम सेतु’ र ‘थ्याङ्क गॉड’ फिल्मलाई पछि पारेको छ । यो फिल्मले ‘राम सेतु’ र ‘थ्याङ्क गॉड’को तुलनामा दुबै देशमा कम स्क्रिन पाएको थियो । पाकिस्तानी फिल्मले भारतीय फिल्मलाई पछार्नु पाकिस्तानका लागि आफैमा ठूलो उपलब्धि हो ।

फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा छन् । ‘द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को ‘कल्ट क्लासिक फिल्म मौला जट्ट’ को रिमेक हो । यस फिल्मका मुख्य अभिनेता फवाद बलिउडका धेरै फिल्महरूमा देखा परेका छन् । उनले करण जोहरको ‘ए दिल है मुश्किल’, ‘कपूर एण्ड सन्स’ र ‘खुबसुरत’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

साथै यस फिल्मकी अभिनेत्री माहिरा खान ले फिल्म ‘रईस’मा शाहरुख खानको अपोजिटमा मुख्य भूमिकामा काम गरेकी छन् ।