
काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ ।
तीन सातादेखि हिरासतमा रहेका लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेकाे छ ।
जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार पारी सकेकाे अनुसन्धानमा संलग्रन एक प्रहरी अधिकृतले बताउनुभयाे ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद छ ।
ती अनुसन्धान अधिकृतका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिएकाे छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुनेछ ।
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए ।पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान भएकाे छ।
प्रतिक्रिया दिनुहोस्