२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण अफ्रिकाद्वारा भारत पराजित


1.404k
Shares

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ ।

आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ५६ रन तथा एडिन मार्क्रमले ५२ रन जोड्दै टोलीलाई विजयी गराएका हुन् ।

भारतका अश्रदिप सिंहले दुई तथा मोहमद शामी, रविचन्द्र आश्विन र हार्दिक पाण्डयले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतका सूर्यकुमार यादबले ६८ रनको अर्धशतकीय इनिङ खेलेपछि टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो । यस्तै भारतका कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनजिडीले ४, वेन पार्नेलले ३ तथा एनरिच नोर्कियाले एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका सुपर १२ को समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको तीन खेलबाट ५ अंक भएको छ । समान खेलबाट ४ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।

विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज सोमबार अष्ट्रेलिया र आयरल्याण्ड भिड्नेछन् । यो खेल दिउसो पौने २ बजे ब्रिसबेनमा सुरु हुनेछ । समुह एक मा तीन खेलबाट दुबै टोलीले ३–३ अंक जोडेका छन् । यो समुहमा ५ अंक जोडेको न्युजिल्याण्ड शिर्ष स्थानमा रहँदा ३ अंक जोडेको इंग्ल्याण्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।