१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित


104
Shares

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका लुला विजयी हुनुभएको हो ।

लुलाले ५० दशमलव ८ प्रतिशत मत पाएर निर्वाचित हुँदा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गर्नुभयो ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलामाथि भ्रष्टाचारका थुप्रै आरोपहरु रहेका छन् ।

ट्रेड युनियन आन्दोलनबाट राजनीतिमा आउनु भएका कट्टर बामपन्थी लुलासँग पूर्व सैनिक अधिकृत रहेका अति दक्षिणपन्थी बोल्सोनारोबीच चुनाव प्रचारका क्रममा चरम आरोप प्रत्यारोप देखिएको थियो ।