१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अल्लु अर्जुनले सुरू गरे ‘पुष्पा २’ को छायांकन


325
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो आगामी फिल्म ‘पुष्पा २’ को छायांकन सुरू गरेका छन् ।

निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै फिल्मको छायांकन सुरू गरेका हुन् । जसको तस्विर समेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । उक्त तस्विर मा अभिनेतासँगै चर्चित सिनेमेटोग्राफर मिरोस्ला कुबा ब्रोजेक पनि देखिएका छन् ।

मिरोस्ला आफैंले आफ्नो इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गरेका छन् । जसमा उनी अल्लुसँग देखिएका छन् ।

केही कारणले फिल्मको सुटिङ लामो समयसम्म हुन सकेन । तर, अहिले फिल्मको छायांकन सुरू भइसकेकाले आगामी वर्ष २०२३ मा प्रदर्शन गरिने अपेक्षा गरिएको छ । यस फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल पनि मुख्य भूमिकामा देखिनेछन् ।

केही समयअघि अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ को बारेमा कुरा गरेका थिए । पिंकभिलालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘म यो फिल्मलाई लिएर निकै उत्साहित छु । मलाई विश्वास छ कि हामीले भाग २ लाई अझ राम्रो र विशेष बनाउन सक्छौं। यो हाम्रो लागि धेरै विशेष अवसर हो कि हामीले फिल्मको भाग २ लाई अघिल्लो भाग भन्दा राम्रो तरिकाले प्रस्तुत गर्न सक्छौं।’

पुष्पा फिल्मको पहिलो भाग १९४ करोडको बजेटमा बनेको थियो भने दोस्रो भागमा ४ सय करोडभन्दा बढी लगानी गर्ने तयारीमा निर्माताहरू छन् ।