२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा फर्किएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा नटिङघममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गर्दा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे ।

खेलको पाँचौं मिनेटमा मार्टिनेलीले गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५२ औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता तेब्बर बनाए । ५७ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई ४–० ले अघि बढाए । त्यसपछि ७८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए ।

प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति म्यान्चेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हराएको छ ।

म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।

आइतबार रातिका खेलहरुपछि आर्सनल पुनः तालिकाको शीर्ष स्थानमा फर्किएको छ । आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । ९ अंक मात्रै जोडेको नटिङ्घम फरेष्ट भने पुछारमा रहेको छ ।

यस्तै, पाँचौं स्थानमा उक्लिएको युनाईटेडले १२ खेलमा २३ अंक जोडेको छ । वेस्ट ह्याम १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।