१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय अभिनेता टाइगर श्राफको खुट्टा भाँचियो


38.298k
Shares

एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफको हालै एक सुटिङकाे ​​एक्सन सिन दिने क्रममा खुट्टा भाँचिएको छ ।

सोही भिडियो सार्वजनिक गर्दै अभिनेता स्वयंले यसबारे जानकारी दिएका छन् ।

खुट्टाले बेसिन तोड्ने क्रममा दुर्घटना भएको उनले समाजिक सञ्जालमार्फत बताएका हुन् ।

टाइगरले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेता एक एक्सन सिक्वेन्स सुटिङ गरिरहेका छन् ।

भिडियोमा अभिनेता खलनायकसँग झगडा गरिरहेका छन्, अचानक उनले बेसिन तोड्न खोज्छन्, जसका कारण उनको खुट्टा पनि भाँचिएको छ ।

यो पोस्टमा साबिर खानले लेखेका छन्, ‘यो दिन हामीले २४ घण्टा लगातार सुटिङ गर्यौं । गजब छ। अभिनेताको यो भिडियोलाई लिएर उनका फ्यानहरूले चर्को प्रतिक्रिया दिइरहेका छन् ।’

कामको कुरा गर्दा टाइगर चाँडै गणपत र बडे मियाँ छोटे मियाँमा देखिनेछन् । यो फिल्ममा उनी अक्षय कुमारसँग देखिनेछन् ।