
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य सोमबार स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्