
एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माका पति तथा क्रिकेटर विराट कोहली बसेको होटलको कोठाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
विराटले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । उनको उक्त भिडियो लामो समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अब यो भिडियोलाई लिएर विराटले आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा भएको भिडियो उनी बसेको होटलको कोठा भित्रको हो ।
विराटले भिडियो सार्वजनिक गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई यो भिडियो पटक्कै मन परेन । कसैको गोपनीयतामा हस्तक्षेप गर्नु सही कुरा होइन।’ उनले थप भने, ‘म होटलमा गोपनीयता पाउन सक्दिँन भने अन्यत्र म आफ्नो गोपनीयता कसरी आशा गर्न सक्छु ?’
विराट साार्वजनिक गरेको भिडियोमा बलिउड स्टारहरूले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । विराटकी श्रीमती अनुष्का शर्मा सहित अर्जुन कपुर र वरुण धवनले पनि यो होटलको उक्त कार्यलाई गलत भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्