१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अभिनेत्री स्वेता खड्का बनिन् आमा


47.398k
Shares

काठमाडौं । अभिनेत्री स्वेता खड्का छोरीको आमा बनेकी छन् ।

मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा प्रेमि विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन् । उनीहरूले आफूहरू आमा-बाबु बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक गरेका थिए ।

गत साता मात्रै स्वेताले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।