
काठमाडौं । अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास विस्तारका विषयमा उत्तर कोरियाले अमेरिकाको ब्यापक आलोचना गरेको छ ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई आफूमाथिको सम्भावित आक्रमणको तयारीका रूपमा लिएको छ ।
मंगलबार उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त अभ्यासलाई लिएर थप शक्तिशाली कदमहरू चाल्ने चेतावनी दिएको हो ।
अमेरिका र दक्षिण कोरियाले एफ–३५ लडाकु जेट विमानसहित २ सय वटा भन्दा बढी विमान सम्मिलित हवाई अभ्यास थालेपछि उत्तर कोरियाको चेतावनीयुक्त प्रतिक्रिया आएको हो ।
उत्तर कोरियाले धमाधम हातहतियार परीक्षण गर्दै आणविक हमलाको धम्की दिन थालेपछि अमेरिका र दक्षिण कोरियाले पनि आफ्नो प्रतिरक्षा बढाउन थालेका हुन् । उत्तर कोरियाले नयाँ कीर्तिमान नै राखेर यस वर्ष हतियारको प्रदर्शन गरेको छ ।
विकासको क्रममा रहेको अन्तरमहादेशीय क्षेप्यास्त्र र मध्यम दुरीका क्षेप्यास्त्रलगायत उत्तर कोरियाले ४० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र जापानतर्फ प्रक्षेपण गरेको छ । अमेरिका र दक्षिण कोरियाले पनि ठूलो सैनिक अभ्यास सुरू गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्