११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


निर्वाचन आयोगले दियो देउवालाई डडेल्धुरा जान शर्तसहित अनुमति


559
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ ।

सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउने गरी आयाेगले अनुमति दिएकाे हाे ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति नदिएकाे आयाेगका एक कर्मचारीले बताए ।