१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्न लाग्नु भएको हो ।

पार्टीले यसपटक प्रदेश सभाको चुनाव भने बहिस्कार गरेको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दलले अझै सार्वजनिक गर्न बाँकी रहेको छ ।