
काठमाडौं । नारायणगढ–मुग्निल सडकखण्डमा पर्ने पुल निर्माणमा ढिलाई भएको छ ।
सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो ।
सडक आयोजनाका प्रमुख किरण कार्कीले पुलसँग जोडिएका २६ वटा घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउन बाँकी रहेको बताउनुभयो ।
घर टहराको ५० हजार रुपैयाँदेखि सात लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाई छ । गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको हो ।
प्रतिक्रिया दिनुहोस्