१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो


65
Shares

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ ।

बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।

तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । संरचना हटाउन कार्यस्थलमा पुग्नुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताउनुभयो ।

उहाँले बुधबारबाट सुरू भएको अभियानलाई निरन्तरता दिनेपनि बताउनुभयो ।