२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विराटनगरमा नमुना मतदान प्रभावकारी


13
Shares

काठमाडौं । प्रदेश नम्बर एक निर्वाचन कार्यालय विराटनगरले गरेको सञ्चालन गरेको नमुना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत सदर भएको कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो ।

मतदानमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुई मतपत्र र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा चार मतपत्रमा मतदान गरिएको थियो । पाँच वटा मतपत्र भने बदर भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयोगद्वारा मतदातालाई जागरुक गर्ने अभियानले मत बदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आगामी तीन दिनसम्म जिल्लाका अन्य १६ पालिकामा तीन जनाको टोली बनाई मतदान कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

विराटनगर–६ का मतदाता मोहम्मद सेफ अलि खानले पाँच वर्षमा आउने महत्वपूर्ण चाडका रुपमा रहेको निर्वाचनमा आफ्नो मतखेर जान नदिनका लागि नागरिकमा महत्वपूर्ण हुने बताउनुभयो ।