७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यकता : नारायणकाजी श्रेष्ठ


273
Shares

politics kp oli

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा, नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।

आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु रहेको बताउनुभयो । उहाँले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने बताउनुभयो । उहाँले अहिलेको सत्ता गबठन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताउनुभयो । गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेद्वारहरूका लागि रहेको बताउनुभयो । उहाँले धेरै भन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरेपनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताउनुभयो ।