१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र लाखेले विदेशी चलचित्रलाई पछार्छः अनुपविक्रम साही


1.768k
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र लाखेको प्रिमियर शो भएको छ ।

बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि पत्रकारहरूसँग कुरा गर्दै अभिनेता अनुपविक्रम साहीले नेपालीहरूले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरेका छन् ।

उनले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । त्यस्तै, अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको बताएका छन् । वर्षाले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताएकी छन् ।

चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत, सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्र शुक्रवार (भोलि) बाट देशभर प्रदर्शन हुने छ ।