
काठमाडौं । एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ ।
एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो । नेपालको समूहमा जोर्डन र इरान रहेका छन् । यस समूहको छनोट खेल जोर्डनमा हुने भएकाे छ । छनोट सन् २०२३ को अप्रिल २२ देखि ३० सम्म हुने भएकाे छ।
छनोटमा सहभागी ८ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण सेप्टेम्बर १६ देखि २४ सम्म हुने भएकाे छ । जसबाट उत्कृष्ट ४ टोलीले इन्डोनेसियामा हुने यू–१७ महिला एशियन कप खेल्ने भएकाे छ।
इन्डोनेसियामा हुने यू–१७ महिला एशियन कप २०२४ को अप्रिल ७ देखि २० सम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्