
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ३ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ३ सय ६३ जनाको पीसीआर र ९ सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज बिहिबार २३ जना काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्