
काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ।
अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् ।
उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ।
यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।
सन्दीपका कानून व्यवसायीले बहस सकेपछि सरकारी वकिलले फेरि छोटो बहस गर्नेछन् र त्यसपछि न्यायाधीश घिमिरेले थुनछेकको आदेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्