
काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा भएकाे छ ।
निर्माण टिमका अनुसार फिल्म आगामी पौष १५ गतेबाट नेपालभर प्रदर्शन हुनेछ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताएका छन् ।
फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्