८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मोरङको मनमोहन विश्वविद्यालयका पदाधिकारीद्वारा बजेट माग


143
Shares

विराटनगर । प्रदेश-१ को मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारीले यस विश्वविद्यालयलाई सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

प्रदेश प्रदेश-१ काे नै गौरवको विश्वविद्यालय भएपनि सरकारले चासो नराख्दा समस्या उत्पन्न भएको पदाधिकारीहरुले बताएका छन् । प्रदेश सरकारले खुलेर अपनत्व ग्रहण नगर्दा पर्याप्त बजेट नपाएको उनीहरुको भनाइ छ । विश्वविद्यालयलाई सरकारले सहयोग गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा गरीब, दलित, जेहेन्दार घाइते र शारीरिक रुपले अशक्त विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न पनि पदाधिकारीहरुले प्रदेश-१ सरकारसँग आग्रह गरेका छन् । उपकुलपति डाक्टर सुभाषश्री पोखरेलले पहिलो शैक्षिक सत्रदेखि नै एमटीयुले आफ्नै स्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिएको बताउनुभयो ।

प्रदेश सरकारले बजेट दिए गरीब र सीमान्तकृत समुदायका विद्यार्थीलाई निःशुल्क पढाउन सक्ने उहाँको भनाइ छ । पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले स्थापना कालदेखि नै आर्थिक समस्या झेल्नु परेको उहाँले बताउनुभयाे ।