
एजेन्सी । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ ।
राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ । विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ ।
युक्रेनमा विभिन्न अपराधमा संलग्न भएर सजाय भागिसकेकालाई पनि राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित गराइएको छ । यसैबीच युक्रेनमा आक्रमणमा क्रमम रुसी सैनिकले अपराध गरेको आरोप पनि लगाइएको छ ।
युक्रेन सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले गत सेप्टेम्बरमा जारी सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसी सेनाले युक्रेनमा आक्रमणका क्रममा नागारिक हत्या र यौन हिंसासहित विभिन्न युद्ध अपराध गरेको छ । युक्रेन आफैंले रुसी सेनाले आफ्नो मुलुकमा आक्रमणका क्रममा युद्ध अपराध गरेको बताउँदै आएको छ ।
यता रुसले भने युक्रेन आफैंले नागरिकमाथि जथाभावी आक्रमण गरेर विद्राही नियन्त्रित क्षेत्रमा नागरिकमाथि ज्यादती गरेको आरोप लगाएको छ । तर, रुसको उक्त आरोपमा युक्रनले खण्डन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्