
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष पाेख्नु भएकाे छ ।
आज शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कांगेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयाे,- ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो, बन्दुक ल्याउनुहोला । होइन भने कूटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ ।’
उहाँले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दावी गर्नुभयाे। उहाँले भन्नुभयाे,- ‘खगराज भट्ट माओवादीको नेता हुन् । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबै भन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’
उहाँले आफू पाँचौं पटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्