
एजेन्सी । अमेरिकी पप गायक तथा र्यापर आरोन कार्टरको शनिबार ३४ वर्षको उमेरमा शंकास्पद परिस्थितिमा निधन भएको छ । कार्टरको शव आफ्नै घरमा फेला परेको थियो ।
लस एन्जलस काउन्टी सेरिफ डिपार्टमेन्टका डिप्टी अलेजान्ड्रा पार्राले क्यालिफोर्नियाको ल्यान्कास्टरमा आरोन कार्टरको घरमा मृत शरीर फेला परेको बताएका हुन् । अनुसन्धानपछि करिब ११ बजे उनको मृत्यु भएको जानकारी दिइएको थियो ।
गायकको निधनले उनका फ्यानहरु पनि निकै दु:खी छन् ।
कार्टरले आफ्नो पहिलो एल्बम १९९७ मा नौ वर्षको उमेरमा निकालेका थिए । कार्टर ब्याकस्ट्रिट केटा सदस्य निक कार्टरका भाइ थिए । कार्टरको अन्तिम एल्बम ‘लभ’ सन् २०१८ मा रिलिज भएको थियो । जसलाई निकै रुचाइएको थियो ।
एरोन्स पार्टी (कम एण्ड गेट इट), कार्टरको दोस्रो एल्बम, २००० मा रिलीज भएको थियो । ट्रिपल प्लेटिनम रेकर्ड जसमा द्याट्स हाउ आई बीट शाक रआई वान्ट क्यान्डी जस्ता लोकप्रिय गीतहरू समावेश थिए । पछि कार्टर डान्सिङ विथ द स्टार्स कार्यक्रमको सिजन ९ मा प्रतियोगीको रूपमा देखा परे ।
प्रतिक्रिया दिनुहोस्