८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गोरखा-२ मा प्रचण्डको निर्वाचन परिचालन कमिटी गठन


390
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई तोकिएकाे हाे । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुनुहुन्छ । उक्त क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटीलाई तोकिएकाे छ ।

उपरकोटी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुनुहुन्छ ।