२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाकाे आरोप


1.17k
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा आज आइतबार विराटनगर–११ मा पुग्नु भएका कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासाे गरेका छन् । सर्वसाधारणको गुनासो सुनेपछि नेता कोइरालाले राष्ट्रपतिको कारण नागरिकता समस्या समाधान नभएको बताउनुभएकाे हाे ।

मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताउनुभयो । आइतबार चुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने दावी समेत गर्नुभयो ।