
एजेन्सी । भरतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् ।
भारतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए ।
यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए । उनीहरूले यसरी विवाह गर्नुको कारण आलिया विवाहअघि नै गर्भवती भएको संचार माध्यमले बताएका थिए । विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको घोषणा गरेका थिए । त्यसपछि यस्ता समाचारहरू बाहिरिएका थिए ।
आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्